शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नारायणहिटी सङ्ग्रहालयमा आजबाट ई–टिकेटिङ सेवा शुरू

मङ्गलबार, १६ फागुन २०७९, ०६ : ४९
मङ्गलबार, १६ फागुन २०७९

 काठमाडौं । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए । त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटन गरेका थिए । सोही वर्ष फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालयको उद्घाटन गरेका थिए ।


त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । पछिल्लो समय सार्क मुलुकका पर्यटकको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । नेपालमा आउने भारतीय मुलुकको पर्यटकमध्ये अधिकांशले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । समितिले सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने व्यवस्था छ ।

सङ्ग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । समितिले सोही टिकटको आधारमा स्वर्गीय राजा वीरेन्द्रको निजी निवास श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न मिल्ने व्यवस्था गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप