सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
सुरुङ्गा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गरे ।
कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायतसहित महासङ्का १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सरिक छन् ।
सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण