शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री

बुधबार, १७ फागुन २०७९, १६ : ५३
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीको १५ महिना छ ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको ई–रिक्सा ब्याट्रीहरू फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरूले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन् ।  यसैगरी, यिनीहरूमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता रहेको छ । कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप