ललितपुर वुमन्स च्याम्पियनसिप : ललितपुर–११ को विजयी सुरुआत
काठमाडौँ । ललितपुर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए ।
ललितपुर महानगरपालिकाको प्रायोजनमा सुरु भएको प्रतियोगितामा घरेलु टोली ललितपुर –११ ले विजयी सुरुआत गरेको छ ।
ललितपुर ११ ले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । ५३ रनको सामान्य लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
ललितपुरको जितमा पूजा महतोले नटआउट पारि खेलिन् । उनले ३० बलमा ३ चौका प्रहार गर्दै २३ रनमा नटआउट रहिन् । यस्तै, लक्ष्मी चौधरीले १२ रन बनाउँदा ७ बलमा ३ चौका हिर्काइन् । किरण कुँवर र सरस्वती घर्तीमगरले ६–६ रनको योगदान गर्दा बागमतीकी खुसी डङ्गोलले एक विकेट लिइन् । खुसीले लक्ष्मी चौधरीलाई आउट गर्दा किरण र सरस्वती भने रनआउट भएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको बागमती प्रदेश १४.२ ओभरमा ५२ रनमा समेटिएको थियो ।
बागमतीकी कप्तान अश्मिना कर्माचार्यले २० रन बनाउँदा २६ बल फेस गरिन् । उनले ३ चौका प्रहार गरिन् । कञ्चन श्रेष्ठ ११, हेलिसा गुरुङ ५ र खुसी डङ्गोलले ६ रन बनाएकी थिइन् ।
यस्तै, ललितपुरकी कृतिका मरासिनीले ह्याट्रिक गर्दा पनि बागमतिको पारि ध्वस्त भएको थियो । मरासिनीले १२ औँ ओभरका चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिँदै ह्याट्रिक गर्न सफल भइन् । उनले खुसी चौधरीलाई बोल्ड आउट गर्दा विपिशा शाहीलाई क्याच आउट गरिन् । छैटौँ बलमा भने उनले मनीषा उपाध्यायलाई बोल्डआउट गर्दै ह्याट्रिक पूरा गर्न सफल भइन् । उनले १४ औँ ओभरको पहिलो बलमा पनि विकेट हात पार्दै लगातार चार बलमा चार विकेट लिइन् ।
ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिएकी हुन् । सरस्वती चौधरीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । पूजा महतोले ३.२ ओभरमा १३ रन खर्चेर २ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण