शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुलिस खप्तड गोल्डकपको क्वाटरफाइनलमा

शनिबार, ११ चैत २०७९, १९ : १५
शनिबार, ११ चैत २०७९

धनगढी । विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सटआउटमा ३–० गोल अन्तरले पराजित गरेको हो । 

धनगढी रंगशालामा शनिबार पुलिसका मनोज राईको आत्मघाती गोल गरेपछि विदेशी टोली जर्जियनले आठौँ मिनेटमा अग्रता लिएको थियो । पुलिसका भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो । 

पेनाल्टीमा पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदी सफल भएका थिए । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ संग प्रतिस्पर्धा गर्नेछ । 

आइतबार क्वाटरफाइनल अन्तर्गतको खेलमा फ्रेन्ड्स क्लव र थ्री स्टारबीच प्रतिस्पर्धा हुने छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म चल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप