अविरल वर्षापछि आएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
आइतबार, २८ साउन २०८०, ११ : ५२
लमजुङ । अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको हो ।
सो सडक खण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठुला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाइ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ महिना पछि संसद्मा बोल्न पाए गृहमन्त्री लामिछानेले
-
सभामुखलाई उपेन्द्रको पत्र– सर्वोच्चबाट आदेश नआउन्जेल विश्वासको मत लिन मिल्दैन
-
सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने
-
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
-
निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक