शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको उद्घाटन आज,  प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

शनिबार, ०६ असोज २०८०, ०६ : ३२
शनिबार, ०६ असोज २०८०

चीन । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेका छन् ।

एसिया ओलम्पिक परिषद्का सदस्य भएका ४५ देश सहभागी भए पनि आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नभएको चिनियाँ सञ्चारमाध्यले जनाएका छन् ।

सो महोत्सव उदघाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदै छन् ।  प्रधानमन्त्री दाहाल ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।

उनी हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ । 

एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप