तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढ्यो
बिहीबार, २८ मङ्सिर २०८०, १३ : २६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै बैंकले सो कुराको जानकारी दिएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.४७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
यस्तै २०८० कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । सन् २०२३ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजनजिक अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त
-
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
-
रास्वपाको बागमती प्रदेश हेटौँडा अधिवेशन सुरु, सभापतिमा को-को छन् दाबेदार ?
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण