शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढ्यो

बिहीबार, २८ मङ्सिर २०८०, १३ : २६
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै बैंकले सो कुराको जानकारी दिएको हो । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.४७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको बैंकले जनाएको छ । 

यस्तै २०८० कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । सन् २०२३ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप