अञ्जुको ‘खोला जस्तो जिन्दगी’मा जीवन र स्नेहको अभिनय
शुक्रबार, २१ वैशाख २०८१, १२ : ३४
_baC4i38HJ3.jpg)
काठमाडौँ । गायिका अञ्जु श्रेष्ठको स्वर रहेको गीत ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको सङ्गीत छ ।
आफ्नो बुबाको सम्झनामा गायिका अन्जुले गीत निकालेकी हुन् । गायिका बनेको हेर्ने सपना बोकेका बाबुको सपना पुरा नहुँदै निधन भएपछि उनको अधुरो सपना पुरा गर्न अञ्जु गायनमा सक्रिय रहेकी हुन् ।
राजेश पुमा राईको निर्देशन रहेको भिडियो अन्जुको साथमा जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।