रेडक्रसद्वारा १७ जिल्लामा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरूलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नवीकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीको ४९ औँ महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेर नवीकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरी लेखापरीक्षण गराउन आग्रह गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा.सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए । उनले सबै जिल्लाहरूले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे । उनले भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरिएको बताए ।
उनले रेडक्रसले गत वर्ष २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताए । उनले स्वास्थ्य प्रवर्द्धन एवं रोकथाम तथा पीडा न्यूनीकरण तथा सरसफाइ, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवर्द्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरू सञ्चालन गरेको बताए । उनले विपद् न्यूनीकरण, पूर्व तयारी प्रतिकार्य पुनःलाभ कार्य लोकप्रिय हुँदै गइरहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्यअन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहुउद्देश्यीय नगद सहयोग गरेको बताए । उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्याङ्की गरी एकमुष्ट ७२ हजार ५ सय वितरण गरिएको बताए ।
श्रेष्ठले त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्ग मिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्विन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको बताए ।
उनले विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरूमा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन भएको बताए । श्रेष्ठले कैलाली, कञ्चनपुर, बर्दिया, कालिकोट जिल्लाहरूमा १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० अद्यावधिक भएको बताए ।
उनले रेडक्रसले विपद् जोखिम न्यूनीकरण, तातो हावा ‘लू’ तथा सरसफाइ सम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरूमा वितरण गरिएको बताए । उनले कालीकोटको तिलागुफा, कैलालीको भजनी र कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण