जसपा निकट नेपाली समाज युएईको अध्यक्षमा राई
आइतबार, १४ माघ २०८०, २२ : ४७
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट नेपाली समाज युएईको पाँचौ अधिवेशनबाट मुम्चे राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा शोभा शर्मा, भूपाल पौडेल महासचिवमा धनकृष्ण राई सचिवमा रञ्जु राई र कोषाध्यक्षमा दीपक गुरुङ निर्वाचित भएका छन् । अधिवेशनमा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ र विशेष अतिथिको रुपमा प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङ्गकाजी शेर्पा सहभागी रहेका थिए ।
जसपाको राष्ट्रिय महाधिवेशनको मिति तय भएसँगै मातहत समिति गठन, पुनर्गठन भइरहेका छन् भने प्रवास सङ्गठनहरुको अधिवेशन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो
-
एमाले पर्साको निर्वाचनमा कुटाकुट
-
कमेडी च्याम्पियनमा पूर्वराजाको प्रस्तुतिले चर्चामा प्रेम
-
रास्वपाको झन्डा र ब्याच बागमती नदीमा सेलाउँछु भन्ने को हुन् ?
-
कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत