बागमतीमा साेमबार सार्वजनिक बिदा दिने सूचना राजत्रपमा प्रकाशित
शुक्रबार, २१ वैशाख २०८१, १६ : ४५
काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशमा सार्वजनिक बिदा दिएको सूचना राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारको वैशाख १२ गतेको निर्णयअनुसार नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने दिन वैशाख २४ लाई तोकेको थियो ।
सोहीअनुसार प्रदेश राजपत्रमा शुक्रवार सूचना प्रकाशित गरिएको छ ।
‘नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू हुने दिनेको अवसरमा विसं २०८१ साल वैशाख २४ गते सोमबार बागमतीका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रदेश सरकारका सचिव पूर्णबहादुर दर्जीले भनेका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण