माैसम पूर्वानुमान
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला दिनभरको मौसम ?
शुक्रबार, २१ वैशाख २०८१, ०६ : ०६
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
भोलि दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?
-
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी पुनः आन्दोलनमा, सेवाप्रवाह प्रभावित
-
अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् विवाह
-
गणतन्त्रविरुद्ध राजावादी एकजुट, ज्ञानेन्द्रको भूमिकाप्रति शङ्का
-
सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की