मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

शुक्रबार, २१ वैशाख २०८१, १६ : ३४
शुक्रबार, २१ वैशाख २०८१

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् ।  शर्मालाई वैशाख १८ गते निलम्बन गरिएको हो । 

प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेश प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

शर्मालाई महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको फैसला भएकोले उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेशसभा सचिवालयका सचिव अरुणकुमार झाले बताए ।

शर्मालाई प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरिएको झाले जानकारी दिए ।

अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा शर्मालाई दोषी ठहर्‍याउँदै जन्मकैदको फैसला सुनाएको थियो । 

aviram

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप