मधेश प्रदेश
मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित
शुक्रबार, २१ वैशाख २०८१, १६ : ३४
वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । शर्मालाई वैशाख १८ गते निलम्बन गरिएको हो ।
प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरिएको मधेश प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
शर्मालाई महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको फैसला भएकोले उनलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेशसभा सचिवालयका सचिव अरुणकुमार झाले बताए ।
शर्मालाई प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरिएको झाले जानकारी दिए ।
अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा शर्मालाई दोषी ठहर्याउँदै जन्मकैदको फैसला सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण