शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

'डाटा गोपनीयता दिवस'को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

मङ्गलबार, १६ माघ २०८०, ०९ : १२
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । “डाटा गोपनीयता दिवस”को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग, सचेत रहनेर कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिज्ञा गरेका छन् । 

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  दीपक कुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत  अर्जुन नेपाल, प्रमुख प्रविधि अधिकारी  सूनन्द मल्होत्राका साथै अन्य पदाधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरूलाई उक्त प्रतिज्ञा गराए । 

हाल यस बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप