शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फेब्रुअरी २९ देखि भारतमा पेटीएम बैङ्क नचल्ने

आइतबार, २१ माघ २०८०, ११ : ४१
आइतबार, २१ माघ २०८०

नयाँदिल्ली । भारतीय केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई)ले पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध लगाएको छ । यसको साथै आरबीआईले फास्ट्याग रिचार्ज, वालेट र यसको बैङ्क अकाउन्टमा पैसा जम्मा गर्न पनि रोक लगाएको छ । फेब्रुअरी २९ देखि पेटीएम बैंकिङ सर्भिसले काम नगर्ने आरबीआईको भनाई छ । नियमको उल्लङ्घनको कारण देखाउँदै बैंकमाथि प्रतिबन्ध लगाइएको हो ।

सही पहिचान बिनै करोडौं एकाउन्ट बनाइएको भेटिएपछि पेटीएम पेमेन्ट आरबीआईको रडारमा आएको हो । बिना पहिचान करोडौं रुपैयाँ लेनदेन गरेको पनि पाइएको छ । यस मामिलामा बैंकले सम्पत्ति शुद्धीकरण गरेको आशंका गरिएको छ ।

एउटै प्यान कार्डमा हजार बैङ्क खाता

अन्तर्राष्ट्रिय  समाचार संस्था रोयटर्सले छापेको समाचार अनुसार आरबीआईले प्रतिबन्ध लगाउनुको सबैभन्दा ठुलो कारण एउटै पयन नम्बरलाई एक हजारभन्दा धेरै युजरका खातासँग जोडिनु थियो । यसबाहेक आरबीआई र लेखा परीक्षक दुवैको जाँचको क्रममा पेटीएम बैंकले नियमका पालना नगरेको भेटिएको थियो । रकम हेराफेरीको प्रमाण भेटियो भने प्रवर्तन निदेशालय (ईडी)ले पेटीएम पेमेन्ट बैंकमाथि छानबिन गर्ने बताइएको छ ।

पेटीएम संकट गहिरिएपछि स्टक एक्सचेन्ज, बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले डिजिटल भुक्तान फर्म पेटीएमको शेयरको दैनिक कारोबारमा सीमा घटाएर १० प्रतिशतमा झारेको छ । पेटीएम बैङ्क करिब ३५ करोड बैङ्क खाता छन् । यीमध्ये ३१ करोड खाता निष्क्रिय छन् । बाँकी खाताहरू निकै कम रकम वा रकमबिनै चलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप