सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस महासमिति बैठक

कांग्रेस महासमिति बैठकको कार्यभार

आइतबार, ०६ फागुन २०८०, १३ : १८
आइतबार, ०६ फागुन २०८०

नेपाली कांग्रेसमा आबद्ध नेता तथा कार्यकर्ताले यतिबेला पार्टीको अनिश्चित भविष्य र आफ्नो राजनीतिक भविष्यका बारेमा चिन्ता, चासो र चिन्तन गरिरहेको पाइन्छ । आफ्नो राजनीतिक यात्राको अवसान हुने त होइन भन्ने खालको संशयमा समेत कतिपय देखिन्छन् । 

निराशामा जन्मने यस्ता तर्कनाले विज्ञानको एउटा बहुचर्चित हाइपोथेसिससँग अलिअलि मेल खान्छन् । आजको मितिमा सूर्य विलय भयो भने जीवन, पृथ्वी र सिङ्गो सूर्यमण्डल के होला भनेर पनि प्रश्न गर्ने गरिन्छ । वैज्ञानिकहरू तर्क, चिन्तन मनन गर्छन् । निकै विशद र रोचक तथ्य अगाडि आउँछन् । नयाँ थ्यौरी जन्माउने आधारका साथै सम्भावनाका नयाँ आयामको परिकल्पना गरिन्छन् । होला वा नहोला, तर यो अन्तहीन बहस चलिरहनेछ । 

जसरी सौर्य मण्डलभित्रै बसेका वैज्ञानिकबाट यस्तो सोच्नु र कांग्रेसभित्र रहेकाबाटै पार्टी नै नरहने त होइन भनेर चिन्तन गर्नुलाई नकारात्मक रूपमा मात्र बुझ्नु हुँदैन । पुस्तैनी रूपमा कांग्रेस भएका र पार्टी अस्तित्वमा रहेका कारण कांग्रेसबाट अलग हुन नसकेका भनौँ वा नचाहेकाहरूले कस्तो महसुस गर्लान् ? जस्तोसुकै परिस्थितिमा कांग्रेसलाई अँगालिरहेका तर पार्टी नेताहरूको व्यवहारले अहिले वाक्कदिक्क भएकाको ठूलो जमातले कस्तो प्रतिक्रिया जनाउला ? कांग्रेस रहेन भने नेपालको राजनीतिमा के हुन्छ ? देशले के गुमाउँछ वा प्राप्त गर्छ ? यसरी सोचियो भने ठिक ठाउँमा पुग्न सजिलो हुन्छ ।

एउटा समय थियो, जति बेला कांग्रेस नभएको भए देशमा परिवर्तन सम्भव छैन, प्रजातन्त्र आउँदैनथ्यो । २००७ मा कांग्रेसले आधुनिक युगको प्रतिनिधित्व गथ्र्यो । विश्व परिवेश अनुसार नेपालले चाहेको र खोजेको परिवर्तनको वाहकको भूमिकामा थियो । व्यवस्थाका हिसाबले त्यस बेलाको सबैभन्दा उन्नत प्रजातान्त्रिक व्यवस्था नेपालमा ल्याउने पक्षमा आन्दोलन गथ्र्यो । देश, जनता, व्यवस्था र पार्टीका लागि आफ्नो शरीर, सम्पत्ति त्याग गर्न सक्ने सबैभन्दा बढी आदर्श भएका नेताहरू कांग्रेसमा थिए । अनुशासित पार्टी कार्यकर्ता थिए । देशमा राजनीतिक व्यवस्था परिवर्तनसँगै विकासको मोडल फेर्न र आम मानिसको जीवनमा खुसीयाली ल्याउन नेता, कार्यकर्ता दृढ संकल्पित थिए । कांग्रेसले कस्तो समाज र देश निर्माण गर्न खोजेको हो भन्ने बीपी कोइरालाका लेख र पुस्तकहरूमा भेटिन्छ । त्यसबेला कांग्रेसको आवश्यकता र औचित्यलाई बीपी कोइरालाले प्रस्ट गरेका छन् । 

त्यस बेला पहिलो प्राथमिकता व्यवस्था परिवर्तन थियो । यही कारण आम समुदायको विश्वास, भरोसा र साथ आन्दोलनमा कांग्रेसले प्राप्त गरिरह्यो । २०४६ मा कांग्रेसले नेतृत्व गरेको जनआन्दोलनले मुलुकलाई प्रजातन्त्रको बाटोमा फर्काउन सफल पनि भयो । 

जस्तोसुकै परिस्थितिमा कांग्रेसलाई अँगालिरहेका तर पार्टी नेताहरूको व्यवहारले अहिले वाक्कदिक्क भएकाको ठूलो जमातले कस्तो प्रतिक्रिया जनाउला ? कांग्रेस रहेन भने नेपालको राजनीतिमा के हुन्छ ? देशले के गुमाउँछ वा प्राप्त गर्छ ? यसरी सोचियो भने ठिक ठाउँमा पुग्न सजिलो हुन्छ ।

त्यसपछि कांग्रेसले आफ्ना अधिवेशनमा, विचार र नीति तय गर्ने फोरममा के गर्ने भनेर छलफल गर्नुपथ्र्यो । प्रजातन्त्रलाई सुदृढ र व्यवस्थित गर्ने हो भने त्यो भनेको के हो ? यसका आधारभूत पक्षलाई मजबुत गराउन जग हाल्ने र कसरी दिगो बनाउन सकिन्छ ? कसरी व्यवस्थित र आम समुदायको हितमा हुन्छ ? भनेर पुनः परिभाषित गर्ने र प्रस्ट गर्दै अगाडि बढ्नुपथ्र्यो । २०४६ पछि कांग्रेस यसमा चुकेको छ । 

अब एक छिन, २०१५ सालतिर फर्कौं । दुईतिहाइ बहुमतसहित बीपी कोइराला देशको प्रधानमन्त्री भएका थिए । त्यसै समयमा कांग्रेसको सम्मेलनमा सबैभन्दा क्रान्तिकारी निर्णय भएको छ, अब के गर्ने भनेर । सत्तामा हुँदा जनता र देशको हितमा के के गर्ने भन्ने प्रस्ट गरिएको थियो । सामन्तवादको अन्त्य गर्ने भनेको के हो ? किसानलाई शक्तिशाली बनाउने भनेको के हो ? देशको विकास गर्ने भनेको के हो ? यी तमाम पक्षमा सत्तामा हुँदै प्रस्ट गरिएको थियो । तर २०४६ सालपछि सत्तामा जाँदा के के गर्ने भन्ने नीति, योजना र खाका बनाउन कांग्रेस चुक्यो । 

कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति भएर सत्तामा आएको तीन–चार वर्षमै आन्तरिक झगडा उत्कर्षमा पुग्दै गर्दा माओवादीले अर्को व्यवस्थाका लागि भन्दै हिंसात्मक आन्दोलन सुरु ग¥यो । राजाले पनि प्रजातन्त्रलाई कमजोर बनाउन व्यवस्था नै खराब हो भन्ने देखाउन चलखेल गरे । प्रजातन्त्र र बहुदलीय व्यवस्था चाहिन्छ भन्ने आम समुदायको चाहनाका कारण फेरि कांग्रेसको भूमिका नेपालमा देखियो । २०६२÷६३ को आन्दोल प्रजातन्त्र पुनः बहाली र गणतन्त्रको यात्रासम्म कांग्रेसलाई आम समुदायले भरोसा गरे । आन्दोलनमा सहभागी हुन, जेल जान र परिवर्तनको पक्षमा उभिन मानिसहरू तयार भए । त्यो प्राप्ति भयो । 

  • कांग्रेसको आवश्यकता र औचित्य

त्यसपछि कांग्रेसको आवश्यकता र औचित्य आम समुदायले महसुस हुने गरेर अगाडि बढाउन छलफल हुनुपथ्र्यो । त्यसमा आजसम्म काम भएको छैन । कांग्रेसलाई नै विश्वास गरिरहनुपर्ने कारण के छ भनेर पार्टीले आम मानिसलाई बुझाउनु जरुरी छ । कांग्रेस भएन भने प्रजातन्त्र खतरामा पर्छ कि पर्दैन ? यो महासमिति बैठकले अहिलेको प्रणालीका सबै पक्षलाई केलाएर अझ राम्रो कसरी बनाउन सकिन्छ भनेर खोज्नुपर्छ । यो पद्धतिलाई पूर्ण कसरी गराउने ? कामयाबी र परिणाममुखी कसरी गराउने ? विश्वास र भरोसा कसरी जगाउने भनेर छलफल गर्नुपर्छ । 

२०१५ सालतिर, सत्तामा हुँदा जनता र देशको हितमा के के गर्ने भन्ने प्रस्ट गरिएको थियो । सामन्तवादको अन्त्य गर्ने भनेको के हो ? किसानलाई शक्तिशाली बनाउने भनेको के हो ? देशको विकास गर्ने भनेको के हो ? यी तमाम पक्षमा सत्तामा हुँदै प्रस्ट गरिएको थियो ।

अहिलेको प्रमुख समस्या के हो भनेर निक्र्योल गर्नुपर्छ । त्यसको उत्तर खोज्दै निकास र समाधानका लागि कांग्रेसको प्रस्ट दृष्टिकोण र नेतृत्व चाहियो । पार्टी अध्यक्षलाई आफू अध्यक्ष रहिरहनुपर्छ र आफू प्रधानमन्त्री नभएसम्म कुनै समाधान निस्कन सक्दैन भन्ने लाग्ला । सांसदहरूलाई सोध्ने हो भने अरू दोस्रो कुरा हो आफू मन्त्री बन्ने कुरा पहिलो हो भन्लान् । केका लागि को मान्छे उपयुक्त भन्नेतर्फ लागियो भने व्यवस्थापन हुने थियो । कांग्रेसभित्र माथिबाट तलतिर निर्णय गर्ने आन्तरिक निर्णय प्रणाली र संरचना उल्ट्याउनुपर्छ । निर्णय प्रक्रियामा तलका निकायबाट हुँदै माथि आउनुप¥यो । यसपछि वास्तविक र धरातलीय यथार्थमा उभिएर कांग्रेस अगाडि बढ्न सक्छ । 

पार्टीलाई उद्देश्यसँग जोड्नुप¥यो । बल्ल विकास, समृद्धि र आम जनसमुदायको जिन्दगीमा फेरबदल ल्याउने हो भने शिक्षा, स्वास्थ्य, विकास र आधारभूत आवश्यकता पूर्तिका विभिन्न पक्षमा प्रस्ट हुनुपर्छ । 

पार्टीले आस जगाउन विश्वासिलो आधार र भरोसा दिलाउनुपर्छ । सुशासनको अभाव छ । सुशासनको अभावमा फ्रस्ट्रेसन जन्मन्छ । जनशक्ति पलायन यसको ज्वलन्त उदाहरण हो । अहिले त्यसको चरम अवस्था छ ।

प्रजातन्त्र भनेको ‘फेयर सिस्टम’ हो । आस्थाका आधारमा भेदभाव हुँदैन भन्ने हो । पार्टी वा नेतालाई मतलब गरे पनि नगरे पनि, नेतालाई मन परे पनि नपरे पनि योग्यताका आधारमा अगाडि जान सकिन्छ भन्ने हुनुपर्ने हो । तर अहिले त्यो हुन सकिरहेको छैन । सत्तामा पहुँच भएका वा नेताको नजिक भएका सीमित व्यक्तिका लागि मात्र प्रजातन्त्र आएको छ । क्षमताका आधारमा सबैका लागि अवसर बराबर नहुने यस्तो अवस्थालाई सुधार गर्न कांग्रेस तयार हुनुप¥यो । पार्टी आस्था र नेताको नजिक भएकालाई होइन, योग्य र सक्षमलाई सही ठाउँमा पु¥याएर सुधारको थालनी गर्न कांग्रेसले अगुवाइ गर्नुपर्छ । आफ्ना लागि होइन, राम्रो समाज निर्माणका लागि काम गर्नुपर्छ । त्यसका लागि कांग्रेसले काम गर्छ भनेर भरोसा दिलाउनुपर्छ । 

(परमाणु वैज्ञानिक डा. पण्डित नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. यादव पण्डित
डा. यादव पण्डित
लेखकबाट थप