प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
सारांश
- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच सिंहदरबारमा झन्डै ४ घण्टा छलफल भएको छ ।
- उनीहरूबीच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विस्तृत छलफल भएको थियो ।
- यो बालेन नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेट हो ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच झन्डै ४ घण्टाभन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री डा. वाग्लेबिच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो ।
प्रधानमन्त्री बालेन शाह दिनभर अन्य राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपश्चात् अर्थमन्त्री र रास्वपा सभापतिसँग संवादमा जुटेका हुन् । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी हुने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण