रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ ।
- आयोगले आन्दोलनको आडमा नख्खु कारागारबाट लामिछानेलाई अनधिकृत र गैरकानुनी रूपमा बाहिर निकालेको विषयलाई गम्भीर प्रश्न उठाएको हो ।
- यस कार्यलाई मानवअधिकारको गम्भीर उल्लंघन र फौजदारी अपराध भन्दै कारबाही सिफारिस गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी अध्ययन प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ । आयोगले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आडमा लामिछाने नख्खु कारागारबाट ‘अनधिकृत र गैरकानुनी रूपमा’ बाहिर निस्किएको भन्दै गम्भीर प्रश्न उठाएको हो ।
प्रतिवेदनमा नख्खु कारागारबाट रवि लामिछाने बाहिर निस्किएको घटनालाई गैरकानूनी र फौजदारी अपराधको रूपमा व्याख्या गरिएको छ।
आयोगले लामिछानेसहित नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशी, वर्तमान सांसद मनिष झा र हरि ढकाल लगायतको संलग्नताबारे सुक्ष्म अनुसन्धान गरी दोषी देखिए कानून बमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।
आयोगको सिफारिसमा भनिएको छ, 'तथ्य र विश्लेषण खण्डको प्रकरण नं १५ मा बिवेचना गरिएबमोजिम अनाधिकृत रुपमा कारागारबाट निस्किएको कार्य कानून विपरित रहेको भनी व्याख्या गरी सकिएको र सो कार्य मानव अधिकारको हनन् मात्र नभई कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको हुँदा रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूह सहित गएका तत्कालीन सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरु मनिष झा, हरि ढकाल समेतलाई शङ्काको दायरामा राखी सुक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाइ कानून बमोजिम कारवाही गर्न।'
प्रतिवेदनको पेज नं. २८ र २९ मा लामिछानेका बारे उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण