तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
जुम्ला । जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो ।
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका ठेक्कामार्फत काम भइरहेका छन् ।
करिब १२५ वटा योजना उपभोक्ता समितिबाट निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका योजना शाखाका प्रमुख धीरेन्द्रविक्रम थापाले बताए । गाउँपालिकाले आव २०८१/८२ मा २० लाख भन्दामाथिका योजना १४, पाँच लाखदेखि ५० लाखसम्मका ६१ र पाँच लाखभन्दा कम लागतका ११ वटा आयोजना गरी जम्मा ८६ वटा योजना निर्माण सम्पन्न गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार उक्त आवमा ठूला आठवटा योजना ठेक्कामार्फत सम्पन्न भई सञ्चालनमा आएका छन् । त्यसमध्ये पालिकाको जनजागृति आधारभूत विद्यालय पक्की भवन, मानेचौर सिलचौर सडक, सरस्वती आधारभूत विद्यालय भवन, सुडी सामुदायिक भवन, ग्रामीण कृषि सडक रारादेखि घोडेसुडी मानेचौर, राँसाखोप्रीदेखि कयरकोटसम्म सडक निर्माण गरिएको छ । सोही आवमा नयाँ सडकको ट्रयाक करिब ३६ किमी निर्माण गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण