१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
बिहीबार, २१ जेठ २०८३, १९ : ५४
कैलाली । प्रहरीले कैलालीका विभिन्न स्थानबाट रु १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका तथा बेवारिसे अवस्थाका सो मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए। बरामद गरिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि टीकापुरस्थित सत्ती भन्सार कार्यालयमा बुझाइएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण