बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

शुक्रबार, ०८ जेठ २०८३, १६ : ३०
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा छ ।
  • गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
  • जेठ १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।

काठमाडौँ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा)को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप