समाचार
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
बिहीबार, २१ जेठ २०८३, १८ : १०
सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेको वीरेन्द्रनगरस्थित निजी निवासमा चोरीको प्रयास भएको छ।
वीरेन्द्रनगर नगरपालिका–२, भुरेले स्थित निजी निवासमा कोही नभएको मौका छोपी एक अज्ञात व्यक्तिले चोरीको प्रयास गरेका थिए।
ती व्यक्तिले लगाइएको ताला फुटाएका छन् भने ढोका र झ्याल तोडफोड गरिएको छ । घरभित्रका केही सामान लिन खोजिरहेका बेला वरपरका स्थानीयले देखेपछि ती व्यक्ति भागे।
उपसभामुख न्यौपानेले आफू संसद् चलेकाले प्रदेश सभातिर भइरहेका बेला चोरीको प्रयास भएको बताइन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कवीन्द्रसिंह बोहोराले उपसभामुखको घरमा चोरीको प्रयास भए पनि स्थानीयले देखेपछि ती व्यक्ति भागेको बताए।
जसका कारण उनले सामान लिन पाएनन्। प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण