बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
सारांश
- बागमती प्रदेश सरकारले संस्थागत पुनर्संरचना गरी कार्यालयहरूको सङ्ख्या १९१ मा झारेको छ।
- प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ८ मन्त्रालय मातहत १९१ कार्यालयहरू रहने गरी निर्णय गरेको हो।
- यस निर्णय अनुसार केही कार्यालयहरू गाभिएका, खारेज गरिएका र आवश्यकता अनुसार नयाँ सिर्जना गरिएका छन्।
मकवानपुर । बागमती प्रदेश सरकारले संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती गरिएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ मन्त्रालयहरू मातहतमा १९१ कार्यालयहरू रहने गरी निर्णय य गरेको हो।
मुख्यमन्त्री कार्यालयको प्रस्तावमा प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै प्रदेशमा रहेका अस्थायी र दोहोरो प्रकृतिका कार्यालयहरू हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए।
उनका अनुसार अब प्रदेशमा ८ मन्त्रालय सहित यसअघि कायम रहेका २०१ वटा कार्यालयहरू मध्ये १९१ कायम गरिएको छ। उक्त निर्णय अनुसार केही कार्यालयहरूलाई एक आपसमा गाभिएको (मर्ज), केहीलाई खारेज गरिएको र आवश्यकता अनुसार केही नयाँ कार्यालयहरू सिर्जना गरिएको उनले बताए।
बैठकले उपसचिव स्तरमा कार्यरत २ जना कर्मचारीहरूको बढुवा र नियुक्तिको निर्णय गरेको छ। बढुवा हुनेहरूमा स्वास्थ्य सेवाका सागरप्रसाद घिमिरे र सतिस विष्ट रहेका छन् । उनीहरूलाई ११ औँ तहमा बढुवा र पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले बताए ।
बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयको प्रस्तावमा र्याफ्टिङ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ भने सामाजिक विकास मन्त्रालयको प्रस्तावमा ‘अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति २०८३’ लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
उक्त नीतिले प्रदेशभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र उनीहरूको जीवनस्तर सुधारका लागि ठोस कार्य योजना निर्माण गर्न सहयोग पुर्याउने मन्त्री तामाङले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण