शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर जापान शाखाको संयोजकमा सुनार, सहसंयोजकमा ढकाल चयन

सोमबार, ०७ फागुन २०८०, १० : ०७
सोमबार, ०७ फागुन २०८०

जापान ।  प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन संयोजकमा सन्दीप सुनार सर्वसम्मत चयन भएका छन् । जापानमा रहेको प्रेस सेन्टर नेपाल निकट पत्रकारहरूको भेलाले संयोजकमा सुनारलाई चयन गरेको हो । 

त्यस्तै समितिको सह–संयोजकमा विनोद ढकाल चयन भएका छन् । भेलाले प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आगामी मार्च १७ तारेखमा टोकियोमा गर्ने निर्णय समेत गरेको छ । सहसंयोजक ढकालका अनुसार प्रथम अधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरिएको हो ।

त्यस्तै यही फेब्रुअरी २४ मा हुन गइरहेको प्रेस सेन्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट सक्रियताका साथ सहभागिता र अधिवेशन सम्पन्न गर्न जापान शाखाले भूमिका खेल्ने सहसंयोजक ढकालको भनाई छ ।

भेलामा प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउँदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रूपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको विकास गर्नमा जोड दिने विषयमा छलफल भएको थियो ।

प्रेस सेन्टर नेपाल पूर्वी एसियाका इन्चार्ज तिलक मल्लले सहजिकरण गरेका थिए भने कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च जापानका पूर्वअध्यक्ष भवानी पन्त, वर्तमान अध्यक्ष मोहन पौडेल , उपाध्यक्ष बाबुराम पौडेल लगायत सेन्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप