कसरी सुल्झिएला सलमान खानको घरमा भएको गोलीबारीको घटना ?
नयाँदिल्ली । बलिउडका सुपर स्टार सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा मे १४ मा गोलीबारीको घटनामा समातिएका अरोपीमध्ये एकको हालै मृत्यु भएको छ । गोली प्रहारका आरोपीहरूलाई पेस्तोल दिएका भनिएका अनुज थापनले बुधबार मुम्बई प्रहरीको अपराध शाखाको हिरासतमै आत्महत्याको कोशिश गरेका थिए ।
अस्पताल लगिएको भएपनि उनी बाँच्न सकेनन् । चौबिसै घन्टा सीसीटीभीको निगरानीमा रहने जेलभित्र आरोपीले फाँसी लगाएर मर्न खोजेको घटनासँगै गोलीबारी काण्ड जटिल बन्दै गएको छ । अभिनेताको घरमा गोली प्रहारको १७ दिनपछि उक्त घटना भएको हो । थापन यस मामिलाका मुख्य आरोपी थिए ।
उनीमाथि सलमानको घरमा गोलीबारी गर्ने व्यक्तिहरूलाई हतियार उपलब्ध गराएको आरोप लागेको थियो । थापानले जेलको शौचालयमा आत्महत्या गर्न खोजेको बताइएको छ ।
शौचालय छिरेको निकै बेरसम्म पनि उनी बाहिर नआएको र बोलाउँदा पनि कुनै जवाफ नदिएपछि प्रहरीले ढोका फोडेका थिए । शौचालयभित्र आरोपी पासोमा झुन्डिएका थिए । अस्पताल पुर्याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषित गरिदिए ।
सलमानको घरमा गोली हान्ने शूटरहरु विक्की गुप्ता र सागर पालसँगको सोधपुछको क्रममा थापनको नाम आएको थियो । प्रहरीले थापन र उनका एक साथी सोनूकुमार बिश्नोईलाई अप्रिल २५ मा पञ्जाबबाट समातेका थिए । थापन पञ्जाबको अबोहरका बासिन्दा थिए ।
थापन र बिश्नोई दुबैजना लरेन्स बिश्नोई ग्याङका लागि काम गर्ने गरेको प्रहरीको भनाई छ । थपनले जेलमा सुत्नका लागि दिइएको तन्नाको फन्दा लगाएको बताइएको छ । थापनले शूटरहरुलाई पेस्तोल र गोलीको व्यवस्था कहाँबाट गरे भन्ने कुरा प्रहरीले जान्न चाहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण