टर्कीले रोक्यो इजरायलसँगको व्यापार

इस्तालबुल । इजरायल र हमासबीच २०० दिनभन्दा बढी समयदेखि भीषण युद्ध चलिरहेको छ । यसैबिच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ । टर्कीको व्यापार मन्त्रालयले दुई देशबिचको आयात निर्यात रोकेको घोषणा गरेको हो ।
इजरायलबाट हुने आयात र त्यसतर्फ हुने निर्यातलाई राँकिएको र यसमा सबै सामानहरू पर्ने एक विज्ञप्तिमा बिहीबार मन्त्रालयले भनेको छ । इजरायल सरकारले गाजामा मानवीय सहायतालाई निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरू कठोर र निर्णायक रूपमा लागू गर्ने बताइएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लङ्घन गरेको इजरायलका विदेशमन्त्री इजरायल काट्जले आरोप लगाएकै समयमा यो घोषणा गरिएको हो । सन् २०२३ मा दुई देशबिचको व्यापार ६ अर्ब ८० करोड डलर डलर थियो । गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो । गाजामा हवाई सहायता रोकेको र सैन्य कारबाही गरेको आरोप पनि उसले इजरायलमाथि लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित