टर्कीले रोक्यो इजरायलसँगको व्यापार
इस्तालबुल । इजरायल र हमासबीच २०० दिनभन्दा बढी समयदेखि भीषण युद्ध चलिरहेको छ । यसैबिच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ । टर्कीको व्यापार मन्त्रालयले दुई देशबिचको आयात निर्यात रोकेको घोषणा गरेको हो ।
इजरायलबाट हुने आयात र त्यसतर्फ हुने निर्यातलाई राँकिएको र यसमा सबै सामानहरू पर्ने एक विज्ञप्तिमा बिहीबार मन्त्रालयले भनेको छ । इजरायल सरकारले गाजामा मानवीय सहायतालाई निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरू कठोर र निर्णायक रूपमा लागू गर्ने बताइएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लङ्घन गरेको इजरायलका विदेशमन्त्री इजरायल काट्जले आरोप लगाएकै समयमा यो घोषणा गरिएको हो । सन् २०२३ मा दुई देशबिचको व्यापार ६ अर्ब ८० करोड डलर डलर थियो । गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो । गाजामा हवाई सहायता रोकेको र सैन्य कारबाही गरेको आरोप पनि उसले इजरायलमाथि लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण