शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बुधबार, २८ चैत २०८०, १८ : १३
बुधबार, २८ चैत २०८०

काठमाडौँ । पोखरामा रहेको मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धप्राप्त उक्त कलेजलाई कारबाही गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो ।

दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले बढी शुल्क लिएको विषयमा मन्त्रालयमा गुनासो गरेका थिए । उक्त गुनासोपछि शिक्षा मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा लिन विश्वविद्यालयले प्रतिविद्यार्थी छ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर, कलेजले प्रति विद्यार्थी २८ हजार ८०० रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरूले मन्त्रालयमा उजुरी दिएका थिए ।

उक्त उजुरीपछि शिक्षा मन्त्रालयले आवश्यक छानबिन गरी समस्या समाधानको पहल लिन काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डीनलाई पत्र पठाएको हो ।

मन्त्रालयले डीन कार्यालयलाई पत्र लेखेर बढी शुल्क लिने कलेजलाई कारबाही गर्न भनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप