बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव
काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । एक वर्षभित्रका बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो ।
गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना हुँदासम्म नलगाएको एक स्थानीयको गुनासो छ ।
गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सिनियर अहेब अधिकृत लक्ष्मण राज शाहीले बाँके जिल्ला कार्यालयले डीपीटी खोप र पोलियो उपलब्ध गराउन नसक्दा आफूले सेवाग्राहीलाई उपलब्ध गराउन नसकेको बताए ।
जिल्ला कार्यालय बाँके र सङ्घको स्वास्थ्य सेवा विभाग अन्तर्गत पर्ने परिवार कल्याण महाशाखाले खोप अभाव नभएको दाबी गरेको छ ।
सरकारको नियमित खोप कार्यक्रम अनुसार डीपीटी खोप ३ पटक लगाउनुपर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा लगाउनु पर्ने उल्लेख छ ।
यस्तै, पोलिया पनि दुई थोपा ३ पटक खुवाउनु पर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा खुवाउनु पर्ने हुन्छ ।
डीपीटी भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार र हेपाटाइसिस बी, वेक्टेरियल, मेनिन्जाइटिस विरुद्ध लगाइन्छ भने, पोलियो रोग विरुद्ध खुवाइने नियमित खोप कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण