सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । चैत २६ मा भएको आगलागीबारे छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरिएको थियो ।
छानबिन प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण गरिएको समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परिक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्यूटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य थिए ।
१७ दिनसम्म छानबिन गरेर समितिले प्रतिवेदन बुझाएको हो ।सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समितिले त्यसबारे छानबिन गरिरहेको छ ।
दुवै प्रतिवेदन प्राप्त भएपछि आगलागीका कारण र क्षतिबारे सार्वजनिक गरिने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चा कोरल्दै आगन्तुक चरा
-
यातायात व्यवसायीलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान
-
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री पौडेल
-
गायक तथा संगीतकार गणेश रसिकको निधन
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड