सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । चैत २६ मा भएको आगलागीबारे छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरिएको थियो ।
छानबिन प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण गरिएको समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परिक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्यूटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य थिए ।
१७ दिनसम्म छानबिन गरेर समितिले प्रतिवेदन बुझाएको हो ।सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समितिले त्यसबारे छानबिन गरिरहेको छ ।
दुवै प्रतिवेदन प्राप्त भएपछि आगलागीका कारण र क्षतिबारे सार्वजनिक गरिने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण