शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम

बिहीबार, १३ वैशाख २०८१, १० : ४८
बिहीबार, १३ वैशाख २०८१

 स्टक एनालिटिक्स सफ्टवेयर (एसएएस) ले नेपाली सेयर बजारको परिदृष्यलाई नयाँ आयाम दिने प्रयास गरेको छ ।  सोर्सकोड प्रालिले विकास गरेको सो प्लेटफर्ममार्फत लगानीकर्ता र सेयर ब्रोकरहरु दुवैले कारोबार सहज अनुभूति गर्ने कम्पनीको विश्वास छ । 

एसएएसले सेयर खरिदबिक्रीपछि ग्राहकहरुको पोर्टफोलियोको रियल टाइम अपडेट उपलब्ध गराउनेदेखि खाता खोल्ने प्रक्रियालाई सुव्यवस्थित गर्न ‘थ्रि इन वान’ केवाइसी र भिडियो भेरिफिकेसनको सुविधा पनि उपलब्ध गराएको छ ।

 यसले प्रयोगकर्ताहरुलाई ब्रोकरहरुसँगको कारोबार दक्ष र पारदर्शी ढंगले गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ । सोर्स कोडका प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले एसएएस प्लेटफर्मप्रति प्रयोगकर्ताहरुले दिएको प्रतिक्रिया उत्साहजनक भएको बताए । साथै, नेपाली बजारमा एउटै प्लेटफर्ममार्फट सेयर पोर्टफोलियो, ब्रोकर लेनदेनको निगरानी राख्ने र रियल टाइम अपडेट प्रदान गर्ने विश्वस्तरीय प्रविधिबाट लगानीकर्ता र ब्रोकरहरुलाई सशक्त बनाउन पाउँदा गर्वको महशुस भएको उनको भनाइ छ । 

क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले एसएएसले आफ्नो व्यापार गर्ने तरिका परिवर्तन गरिदिएको बताएन् । यसका उन्नत सुविधा र सहज इन्टरफेसले नयाँ ग्राहक आकर्षित गर्न, उनीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न र ग्राहक सन्तुष्टि प्रदान गर्न सहयोग गरेको श्रेष्ठले बताए ।

 यसैगरी, भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमिल्सिनले एसएएसले आफ्नो ग्राहकरुलाई गुणस्तरिय सेवा दिन तथा ग्राहकले आफ्नो कारोबार र सेयर पोर्टफोलियो सम्बन्धित जानकारी लिन निकै सहज बनाएको जनाए । 

यस्तै लगानीकर्ता मणिराज पाण्डेले एसएएसमा भएका विश्लेषण उपकरण र रियल टाइम पोर्टफोलियो अपडेट सुविधा निकै लाभदायक रहेको बताए । 
एसएएस भएको शक्तिशाली चार्टिंङ उपकरणले १०० भन्दा बढी प्राविधिक सूचकहरुले प्रभावकारी प्रवृत्तिको विश्लेषण गर्न र बजारको पूर्वानुमान गर्न सुविधा दिने कम्पनीको भनाइ छ । 

सूचकांक, ब्रोकर गतिविधिहरु र बजारका विस्तृत अपडेटहरु प्रदान हुने भएकाले प्रयोगकर्ताहरुलाई रणनीतिक निर्णय लिन पनि सक्षम बनाउने कम्पनीको भनाइ छ । 
एसएएस नेपालमा यस प्रकारको पहिलो प्लेटफर्म भएको र यसले वित्तीय प्रविधिमा अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्दै उन्नत टुल्स र अन्तरदृष्टिमार्फत लगानीकर्ता र ब्रोकरहरुलाई सशक्त बनाइरहेको सोर्स कोडले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप