सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड गायिका कनिकाले नचाइन् दरबारमार्गमा दर्शक

आइतबार, १६ वैशाख २०८१, १७ : ४९
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । बलिउड गायिका कनिका कपुरले काठमाडौँका दर्शक नचाएकी छन् । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘कनिका कपुर साँझ’मा उनले आफ्नो दर्जन बढी लोकप्रिय गीतहरू राखेकी थिइन् ।

करिब डेढ घण्टा स्टेज तताएकी कपुले सो क्रममा चिटिया कलैया, बेबी डल, लव लेटर, देशी लुक्स लगायत बलिउडका थुप्रे चर्चित गीत पस्किएको कार्यक्रममा सहभागी शाहिल खानले बताए ।

कनिकालाई तपश्या इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । नेपाली दर्शकलाई सांगीतिक मनोरञ्जन दिने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कनिकालाई नेपाल ल्याएको तपश्या इन्टरटेनमेन्टका निर्देशक अभिषेक झाले बताए ।

कनिका पहिलो पटक नेपाल आएकी हुन् । शनिबारको कार्यक्रम सकेर उनी आइतबार बिहानै भारत फर्किएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप