सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गरेका छन् । सोमबार बिहान सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबिच नीति तथा कार्यक्रमबारे कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
त्यसक्रममा राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको बताइएको छ । सभामुखसँगको कुराकानीमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिँदै सत्ता घटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आजै साँझसम्म निष्कर्षमा पुगिने बताएका जनाएका छन् ।
त्यसक्रममा प्रधानमन्त्रीले आफू चितवनबाट फर्के लगत्तै संवाद सुरु गर्ने पनि बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन् ।
सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए । नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास भन्दै राजनीतिक सहमतिमा जोड दिएका थिए ।
दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सन लायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभए सदनका कुनै पनि काम कारबाही अघि बढ्न नदिने चेतावनी दिँदै आएको छ । मंगलबार अर्थात जेठ १ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम तय भए पनि दलहरूबिच सहमति नजुट्दा अन्योल देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण