मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड

सोमबार, ३१ वैशाख २०८१, ११ : २५
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेषज्ञता नभएका व्यक्तिहरू मन्त्री हुने गरेको बताएका छन् । चितवनको नारायणी नदीमा बन्न लागेको अत्याधुनिक प्रविधिको (सिग्नेचर ब्रिज) पुलको सोमबार शिलान्यास गर्दै उनले विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुने बताएका हुन् । 

‘नेपालमा मेसो न मेलोका मन्त्री हुन्छन् । मन्त्री बनाउने विशेष ज्ञान केही नचाइने । विशेषज्ञता सहितको मन्त्री भएमा काम गर्न सजिलो हुन्छ’, सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रशंसा गर्दै उनले भने । 

सिग्नेचर पुलको परिकल्पनाकार सेठ नै भएको भन्दै उनले मन्त्री आफै इन्जिनियर भएकाले काम गर्न सजिलो हुने बताए । 

प्रधानमन्त्री प्रचण्डले सिग्नेचर ब्रिज निर्माणले आगामी दुई सय वर्षसम्म सवारी चाप कम हुने लक्ष्य राखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप