शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय पर्सालाई हिमालयन बैंकको सहयोग

आइतबार, २३ वैशाख २०८१, १६ : ४२
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको पाँच थान गोप्रो हिरो १२  क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । 

प्रहरीको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले जिल्ला सो सहयोग प्रदान गरेको जनाएको छ । 

बैंकका तर्फबाट बंैकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश     प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप