डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने
काठमाडौँ । डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने भएको छ । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले यही जेठ १० गतेदेखि दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए ।
“स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ । सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । त्यहाँ बर्सेनि ५० लाखभन्दा बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ तर त्योभन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ”, नगरप्रमुख जोशीले भने, “त्यसैकारण नगरपालिका भौतिक विकासका साथै यहाँको सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षण र साहित्य महोत्सवका माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न चाहन्छ ।”
महोत्सव अवधिमा वारिको परशुरामधाम र पारिको पूर्णागिरि, उद्यम र उद्यमशीलता, सुदूरमा शिक्षा र स्वास्थ्यका सकस, काव्यमा अन्तरपुस्ता संवाद, गाउँमै सिंहदरबारः कति नारा कति यथार्थ, आख्यानको वरिपरि र पहाडी रानी डडेल्धुराः सम्भावनाको खानी परशुराम गरी सातवटा सत्रमा विमर्श हुने आयोजकले जनाएको छ ।
ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येताहरूसहित भारतबाट धार्मिक व्यक्तिहरू विमर्शमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण