अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रसँग सम्बन्धित अनुसन्धान केन्द्रहरूबारे चासो व्यक्त गरेकी छन् । मन्त्री भट्टराईले अनुसन्धान केन्द्रसँग सम्बन्धित विभिन्न निकायका अधिकारीहरूलाई बोलाएर छलफल गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, विश्वविद्यालय अनुदान आयोग, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल उनले गरेकी हुन् ।
छलफलमा मन्त्री भट्टराईले अन्तरक्रियाबाट प्राप्त सुझावहरू ग्रहण योग्य रहेको भन्दै अनुसन्धानबाट प्राप्त निचोडबाट मात्र कार्यक्रमले सार्थकता पाउने बताइन् । अहिले अनुसन्धान टिचिङ बेस्ड वा रिसर्च बेस्ड लर्निङ कुनमार्फत भइरहेको हो भन्ने प्रष्ट नभएको बताइन् ।
अनुसन्धान केन्द्रलाई सेल्फ सस्टेन्ड गराउनुपर्नेमा जोड दिइन् । सरकारी तथा विश्वविद्यालयका अनुसन्धान केन्द्रले आफूले गरेका कामको स्वामित्व लिनु आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रमका सहभागीहरूले आफ्ना संस्थाहरूको कार्य प्रस्तुत गर्दै अनुसन्धान केन्द्रका लागि जनशक्ति र बजेट वृद्धि, नेपालको आफ्नो मौलिकतालाई जगेर्ना गर्ने खालको अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए ।
अनुसन्धानलाई थिङ्क ट्याङ्कको रूपमा विकास गरी अनुसन्धान केन्द्रको स्तरोन्नतिको आवश्यकता रहेको सुझाव दिएका थिए ।
अहिले अनुसन्धानको प्रतिवेदन प्राप्त भएतापनि लक्षित समूहसम्म सुझावको कार्यान्वयन नभएको, डाटाबेस र पोर्टलमार्फत रिसर्च फाइण्डिङ सेयर गर्न आवश्यक रहेको, अनुसन्धान केन्द्रहरूले आपसी सहकार्यमा कार्य गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित