दार्जिलिङमा चलचित्र ‘बम बहादुर’ को प्रिमियर
काठमाडौँ । आगामी पुस ५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को प्रिमियर भारतको दार्जिलिङमा गरिएको छ । नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको फिल्मको कथा दार्जिलिङकै भएकोले प्रिमियर त्यही गरिएको निर्माण युनिटले जनाएको हो ।
दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा चलचित्र प्रिमियर आयोजना भएको थियो । प्रिमियरमा कलाकार र निर्माण युनिटको पनि सहभागिता थियो । चलचित्रका निर्माता सञ्जीव सार्की हुन् ।

जोन राईको निर्देशन रहेको प्रिमियरमा निर्माताले कलाकार र चलचित्रका टिमका सदस्यलाई सम्मान गरेको थियो । चलचित्रमा सौगात मल्ल, अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिष्ठ कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको अभिनय छ ।
‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । प्रिमियरमा सहभागी दर्शकले चलचित्र मार्मिक र जीवन्त रहेको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण