व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
सारांश
- सिराहाका दलित अगुवाहरूले व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
- उनीहरूले २१ वर्षअघि मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा भए पनि दलितहरूले दैनिक रूपमा छुवाछुतको पीडा सहनुपरेको बताएका छन्।
- दलित अगुवाहरूले कानुनको सही कार्यान्वयन र सामाजिक चेतनाको आवश्यकता औँल्याएका छन्।
सिराहा। सिराहाका दलित अगुवाहरूले व्यवहारमै छुवाछुत जस्तो कुप्रथाको अन्त्य हुनुपर्ने बताएका छन्। दलित विकास मञ्चले गोलबजारमा आयोजना गरेको ‘मधेसी दलित समुदायले भोग्नु परेको समस्याहरू र समाधानका लागि सराेकारबालाको भूमिका’ विषयक अन्तर–संवाद कार्यक्रमका सहभागीहरूले २१ वर्ष अघि मुलुक कानुनीरुपले छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि दलितहरूले दैनिक रूपमा त्यसको पीडा सहनु परेको भन्दै अव व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने बताएका हुन्।
कागजमा सीमित कानुन सही कार्यान्वयन गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ। सरकारले कानुन बनाएपनि पीडितहरू सधैँ आर्थिक, सामाजिक र राजनीतिक दबाब तथा प्रभावका कारण न्यायबाट वञ्चित हुनुपरेको उनीहरूको भनाई छ।
देशमा राजनीतिक रूपले धेरै पटक व्यवस्था परिवर्तन भए, सरकार फेरिए तर दलितहरूले आज पनि जात कै कारण विभेद खेप्नु परेको छ। अव यही अवस्था धेरै दिन जान नसक्ने उनीहरुले बताए। ‘अव सदैभरि दलितहरू शक्ति र सत्ता परिवर्तनको भर्याङ्गमात्र बनेर बस्न सक्दैन। हामी आफ्नो अधिकारको लागि सङ्गठित भएर लाग्छौँ’ दलित अगुवाहरूले भने।
मन्दिर, इनार, कलमा हामीले विभेद झेल्दै आयौँ, अव हाम्रा सन्तानले विद्यालयमा विभेद खेप्नु परिरहेको सरोज सदायले सुनाए। उनले भने, ‘मैले इनारमा आफ्नो मर्जीले पानी भर्न पाइन, मेरा प्रसाद मन्दिरमा अरूले नै चढाई दिए। मैले जातीय विभेद सहँदै आएको छु। तर, अव हाम्रा नानीहरूले विद्यालयमा विभेद सहनु पर्ने अवस्था आयो अव चुप लागेर बस्ने धैर्यता सकियो।’
उनले सिराहाको औरही ४ का एक आधारभूत विद्यालयमा दलित बलिकाले खेप्नुपरेको विभेद सुनाउँदै त्यस्ता शिक्षकहरूलाई कारबाही गर्नु पर्ने बताए। उनले दलितहरू अव आफै शिक्षित, सङ्गठित भएर आफ्नो मुक्तिको मशाल उठाउन जरुरी भइसकेको बताए।
सुखिपुरका सविता महराले जातकै कारण हामीले विभेद भोग्नु परेको बताए। उनले यो कुनै वैज्ञानिक कारण होइन निश्चित जातीय समुदायले आफ्नो सत्ता टिकाउन गरेको जातीय विभाजनको एउटा रुप हो अव सम्पूर्ण समुदायले यो कुरा बुझेर छुवाछुत जस्तो विभेदको अन्त्य गर्नु पर्छ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशको पूर्व मन्त्री सुरेश कुमार मण्डलले जातिको आधारमा गरिने छुवाछुत समाज विकासको बाधक भएको बताए। उनले यो समस्या जबसम्म समाजबाट अन्त्य हुँदैन त्यस वेलासम्म समाज विकासको गतिमा अगाडी बढ्न नसक्ने बताए।
उनले मधेसी समाजमाबाट दहेज, मृत्यु भोज, जातीय छुवाछुत जस्ता कुसंस्कारले अन्त्यको लागि सम्पूर्ण समुदाय एक हुनु पर्ने बताए। उनले मैजुदा कानुनको उचित कार्यान्वयन र समाजिक रूपमा सचेतना जरुरी रहेको पनि औँल्याए।
कार्यक्रममा पूर्व सांसद असर्फी सदा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव, कर्जन्हा नगरपालिकाका उपमेयर लक्ष्मी श्रेष्ठ, दलित अगुवा शिवकुमार महरा, उमेश बराललागयतले छुवाछुत जस्तो कुप्रथा जरैबाट उन्मुलन गर्न सामाजिक, राजनीतिक र प्रशासनिक रूपले लाग्नु पर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण