शिक्षामन्त्री भट्टराईको घाँटीको शल्यक्रिया गरियो
बिहीबार, १५ फागुन २०८१, १९ : ४७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको घाँटीको सामान्य शल्यक्रिया गरिएको छ । गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत मन्त्री भट्टराईको शल्यक्रिया गरिएको हो ।
घाँटीमा समस्या आएपछि मन्त्री भट्टराईलाई गत शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो ।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
ज्वरो आउने, घाँटी दुख्ने जस्ता स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूको सल्लाह अनुसार अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण