सिनामंगलबाट लाखौँको धनमाल चोरी
सोमबार, २५ चैत २०८१, १७ : ३१
काठमाडौँ । काठमाडौँको सिनामंगलबाट ११ लाख बढीको धनमाल चोरी भएको छ । आइतबार राति काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इण्डष्ट्रीको कार्यालयबाट ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीको अनुसार सो इण्डष्ट्रीबाट ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रुपैयाँ र अन्य सरसामान समेत गरी करिब ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण