राजनीतिशास्त्री हरि शर्मा उदारवादी लोकतन्त्रका हिमायती मानिन्छन् । पछिल्लो समय किताब चर्चाबाट ख्याति कमाएका शर्मा सर्वाधिक पुस्तक पढ्ने नेपालीमध्येका एक मानिन्छन् ।
शर्माले प्रधानमन्त्री र नेपालका प्रथम राष्ट्रपतिको राजनीतिक सल्लाहकारको भूमिका पनि निर्वाह गरिसकेका छन् । राजनीतिलाई सैद्धान्तिक र व्यावहारिक दुवै विधामा उत्तिकै ज्ञान हासिल गर्ने अवसर पाएका शर्मासँग समाजमा देखिएको नैराश्यता, सत्तारुढ दलभित्रको उकुसमुकुस, प्रधानमन्त्रीको कार्यशैली अनि एमालेको झोले अभियानदेखि कांग्रेसको महाधिवेशन लगायत विविध विषयमा रातोपाटीका रोहित दाहालले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश– (पूरा कुराकानी भिडियोमा)
अहिले पनि त्यही ‘होल्ड’ गर्छजस्तो लाग्छ । राजनीतिक विश्लेषण अथवा सामाजिक विश्लेषण यदि वस्तुनिष्ठ भएर गर्ने हो भने उपलब्ध सूचनाका आधारमा विश्लेषण हुने हो । नेपालमा सूचना व्यक्तिकहाँ सीमित रहन्छ । जोसँग छ, त्यसैसँग रहन्छ । सार्वजनिक रूपमा यसलाई पस्किने बित्तिकै त्यसमा हुने बहसका कारण मानिसहरू पन्छिन थालेका पनि छन् । यहाँ आफूसँग भएको सूचनालाई प्रयोग गरेर विश्लेषण गरिन्छ । ताकि त्यो सूचनाको विश्वसनीयता के हो भनेर सार्वजनिक रूपमा बहस गर्ने ठाउँ पनि कम हुन्छ ।
राजनीतिक मञ्चमा, सामाजिक मञ्चमा जो नायक–नायिका छन्, उनीहरू यति चाँडो रङ बदल्छन् कि त्यो विश्लेषण केही दिन पनि होल्ड गर्दैन । यहाँ सरकार बन्ने बित्तिकै सरकार ढल्छ भन्ने हल्ला किन चल्छ ?
सरकार छ भन्ने तथ्य हो । तर सरकार चलेको छैन भन्न मलाई कुनै गाह्रो छैन ।
अब यो सरकार कति दिन टिक्छ भनेर सोध्नुभयो भनेचाहिँ म भन्न सक्दिनँ । किनभने नायक–नायिकाहरूको रङ चाँडोचाँडो बदलिरहन्छ ।
सरकारमा पनि छ । जनतामै पनि उकुसमुकुस छ ।
हरेक पार्टीमा आन्तरिक विग्रह देख्छु । पार्टीहरूभित्र ध्रुवीकरण छ, ध्र्रुवीकरणभित्र पनि विग्रह छ । त्यसकारण नेपालका वामपन्थी एक ठाउँमा छन् भन्न पनि गाह्रो छ । लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा छन् भन्न पनि गाह्रो छ ।
शेरबहादुर देउवा र केपी ओलीको शैलीका कारण त्यस्तो देखिएको हो । भलै त्यो चरित्र लोकतान्त्रिक हो कि होइन, छ कि छैन– त्यो अर्कै विषय भयो ।
लोकतन्त्र र बलियो सरकार सँगै जाँदै जाँदैन । एकदम वर्चश्वशाली सरकार भयो लोकतन्त्रका सम्भावना सङ्कुचन हुन सक्छ । कार्यक्रम लागु गर्ने सन्दर्भमा आफ्नो मनोमानी गर्ने सम्भावना रहन्छ । तर यत्रो बलियो सरकारले त्यो पनि गर्न सकेन भन्ने एकथरि मान्छे छन् ।
पार्टीमा सभापतिको नियन्त्रण होला । नाम लिनु भएका मानिस पार्टीभित्रको प्रतिपक्षजस्तो देखिनुहुन्छ । प्रतिपक्ष सधैँ रेस्टलेस हुन्छ । उसले अवसर खोजिरहेको हुन्छ । मौका खोजिरहेको हुन्छ । लोकतन्त्रलाई सबल र बलियो बनाउने नै प्रतिपक्षले हो ।
लोकतन्त्रमा अन्तिम विकल्प भन्ने हुँदैहुँदैन । यिनीहरूको स्वार्थ मिल्दासम्म गर्न सकिने भनिएको हो । हरेक कामको जवाफदेहिता हेर्ने हो भने यिनीहरूले काम गर्न सकेको देखिँदैन । निर्णयको ढिलासुस्ती, जुन किसिमका भ्रष्टाचारका कुरा बाहिर आइरहेका छन् । मेरो मान्छे, तेरो मान्छे । एकै प्रकृतिको मुद्दामा दुई विचारधारा ।
सरकारमा कांग्रेस पनि छ । काम गर्न नसकेको भनेर गालीचाहिँ हामीले मात्र खानुपर्ने भन्ने एमाले नेताहरूको गुनासो छ नि ?
प्रधानमन्त्रीले जिम्मा त लिनुपर्यो नि । कसैले त जिम्मा लिनुपर्यो ।
व्यक्तिलाई पक्डियौँ भने एउटा विश्लेषणमा पुग्छौँ । एकथरि मानिस भन्छन्, नमस्ते गरौँ, यिनीहरूलाई बिदा गरौँ । उनीहरू बिदा हुनेवाला छैनन् । त्यसका लागि आवधिक निर्वाचन एउटा विधि होला । पार्टीका नियमित महाधिवेशन, सम्मेलन अर्को विधि होला ।
यिनीहरूको समय पुग्यो भन्नेमा छु । यिनीहरूलाई जबर्जस्ती फ्याक्यौँ भने त अर्को आउने पनि जबर्जस्ती नै फयाँकिन्छ नि । विधिबाटै आएका छन् । विधिबाटै फ्याँक्नुपर्छ ।
सम्भावना देख्छु । तर यसका खतरनाक कुरा के छ भने जुनसुकै हालतमा चुनाव जित्नुपर्छ भन्ने मनस्थिति र चुनाव जित्नका लागि मै चाहिन्छ भन्ने जुन किसिमको सोचाइ नेतृत्वमा छ, चाहे देउवा, ओली, प्रचण्डमा– लोकतन्त्रका लागि यो घातक हो । व्यक्ति लोकतन्त्रमा अपरिहार्य हुन सक्दैन ।
यो नेतृत्व म नभई निर्वाचन जितिँदैन, मिशन ०८४ हुँदैन भनेर कार्यकर्तालाई डर देखाउँछ । आफैँ लडाउँछ अनि म नभई तिमीहरू छताछुल्ल हुन्छौ भन्छ ।
त्यसकारण मेरो सुझाव के छ भने उहाँहरूले अब पार्टी कार्यकर्ता होइन, पार्टी सदस्य भन्न थाल्नुपर्यो । सदस्य भन्यो भने अपनत्व हुन्छ । सदस्य भन्यो भने एउटा साधारण सदस्य र गगन थापा बराबर हुन्छ ।
झोले अभियान आइसक्यो, तपाईं कार्यकर्ता समेत भन्न छाडौँ भन्नुहुन्छ ।
किन–किन एमालेको साथीहरूमा भारतमा मोदीले जे गर्छन्, त्यस्तै गर्ने बानी
लागेको छ । स्थापित पार्टीका कार्यकर्तालाई झोले भन्न लगाउने कुरालाई के भन्ने ? कार्यकर्ताले भन्नुपर्यो– हामी पार्टीको सदस्य हौँ, झोले होइनौँ । झोलेहरू लोकतन्त्रका लागि लड्नै सक्दैन ।
मलाई त्योचाहिँ लाग्दैन । तर जुन नेतृत्ववर्ग छ, मिलिजुली खाउँ भन्ने मनस्थिति आयो भने त मिल्न पनि सक्छन् । धेरै कुरा सकारात्मक हुँदाहुँदै ०६२÷०६३ पछि एउटा नकारात्मक कुरा आएको छ– त्यो हो सहमति, सहमति, सहमति ।
लोकतन्त्र भनेको असहमतिलाई व्यवस्थापन गर्ने व्यवस्था हो । यदि समाजमा सहमति मात्रै भयो र असहमति रहेन भने लोकतन्त्रको कुनै अर्थ छैन । सबै मिलेरै गर्ने भए यो व्यवस्था, चुनाव किन चाहियो ?
मैले खुट्टै देखेर पत्याए भनेजस्तो क्या । यिनीहरूको बनाउन सक्ने क्षमता म केही देख्दिनँ । एउटा ढल, एउटा बाटो, एउटा घर समयमा बनाउन नसक्नेहरूले संविधानलाई उधिनेर फेरि बनाउँछन् भन्नेमा मलाई त विश्वास छैन ।
झट्ट हेर्दा माधव नेपालमाथि प्रश्न उठाउन सक्ने ठाउँ हामी देख्दैनौँ । स्याल कराउनु र के हराउनु भनेजस्तो जुन किसिमको महत्त्वाकाङ्क्षी नेतृत्वको निर्माण भइरहेको परिस्थिति छ, त्यो परिस्थितिमा कतै राजनीतिक प्रतिशोधको रूपमा यो गरिएको हो कि भन्ने शंका मानिसमा छ । डाक्टरले बिरामी मार्छु भनेर अप्रेसन गरेको हुन्छ र ? उहाँले पनि राम्रो हुन्छ भनेर गरेको हुनसक्छ । तर मुद्दामा राजनीतिक रङ देखियो भन्ने छ ।
कांग्रेस सभापति शेरबहादुरजीले थाहा छैन भन्नुभएको छ ।
दुई दुई पटक संसद विघटन गर्दा अदालतले पुनःस्थापित गरिदियो । अहिलेको संसदको नम्बरदेखि लिएर, काम गराइदेखि लिएर हाम्रो प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न । उहाँले बाटो खोजिरहनुभएको छ कि यसलाई चाँडोभन्दा चाँडो कसरी टुङ्ग्याउने ?
त्यो बेला पनि हुँदाखाँदाको प्रधानमन्त्री । लोकतान्त्रिक रूपमा चुनिएर आएको । उहाँको मनको अन्तरकुन्तरमा के कुण्ठा छ र के गर्नुहुन्छ भनेर मैले कसरी भन्ने ?
मचाहिँ आउनु हुँदैन भन्छु । त्यसैले निवृत्तिभरणको व्यवस्था पनि गरिएको हो ।
कसैले लिएको छैन भन्छ भने त्यो काइते कुरा हो ।
सभापति, प्रधानमन्त्री सबैबाट विश्राम लिएर रेफ्रीको भूमिकामा बस्नुस् भन्ने मेरो सुझाव रहन्छ ।
जनतालाई यति आकर्षित अर्को व्यवस्थाले गर्नै सक्दैन । अर्को कुरा, लोकतन्त्र खतराचाहिँ नेतृत्वकै कारणले हुन्छ । त्यसैले राजनीति राजनीतिज्ञको हातमा मात्र छाड्नुभएन । जनताको हातमा राजनीति रह्यो भने लोकतन्त्र खतरामा हुँदैन ।
समाजमा ईच्छा आकाङ्क्षा हुनु कुनै नौलो कुरो होइन । त्यो पूरा भएन भने निराशा बढ्छ । उकुसमुकुस हुन्छ । रिस उठ्यो भने ढुंगा पनि हान्ला । त्यसलाई पनि म्यानेज गर्न सकिएला । तर नैराश्यता भयो भने त्योचाहिँ डिफिकल्ट हुन्छ । व्यक्तिले सुसाइड पनि गर्छ । मेरो नेपाली समाज सुसाइडमा पुग्छजस्तो लाग्दैन । त्यो भनेको लोकतन्त्रलाई फ्याँकेर अर्को कोही मान्छे नेपाली समाजले ल्याउँदैन ।
प्रतिक्रिया