बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
शुक्रबार, २२ जेठ २०८३, ०७ : ५४
सारांश
- चितवनको माडीमा मोटरसाइकल बाघसँग ठोक्किएर एक चालक घाइते भएका छन्।
- माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल रातोमाटे डाँडा क्षेत्रमा बाघसँग ठोक्किएको हो।
- घाइते अजित कुँवरलाई सामान्य उपचारपछि वीरगन्ज पठाइएको छ।
चितवन । चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्।
घाइते हुनेमा जिल्ला पर्सा ठोरी गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर रहेका छन्। दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ।
घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण