शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

शनिबार, १४ भदौ २०८२, २० : ५२
शनिबार, १४ भदौ २०८२

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले रातोपाटीलाई बताए । 

पूर्वीरुकुम तकसेरा निवासी पुनलाई केही एक महिना अघि काठमाडौँ लगिएको थियो । खड्काले भने,  'म यही अस्पताल छु, उहाँको निधन भएको केही समय भयो ।'

अस्पतालमा एकैपटक दुईवटा मेजर अपरेसन गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनका वेला उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।  पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप