सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
शिक्षा

यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू

शुक्रबार, २२ जेठ २०८३, २० : ३३
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्रालयले ८ विश्वविद्यालयमा उपकुलपति पदका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
  • उपकुलपति छनोट तथा सिफारिस समितिले "विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३" बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी अल्पसूची तयार गरेको हो ।
  • मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको योग्यता, अनुभव र नेतृत्व क्षमताबारे आम नागरिक तथा सरोकारवालाबाट जेठ २५ गतेभित्र राय–सुझाव माग गरेको छ ।

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।

मन्त्रालयअन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी शुक्रबार अल्पसूची (सर्ट लिस्ट) तयार गरेको हो । 

समितिको आजको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि छनोट प्रक्रियामा अगाडि बढेका उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवालाबाट राय–सुझाव समेत माग गरेको छ । इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको गुगल लिङ्कमार्फत जेठ २५ गतेभित्र आफ्नो सुझाव पठाउन सक्नेछन्।

sort list (2)

sort list (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप