जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
जुम्ला । यहाँका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यहाँका आठवटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिकाका स्थानीय लक्ष्मी कुमाईँले जानकारी दिइन् ।
पछिल्लो समयमा मार्सीधानको चामल बजारमा माग अत्यधिक आउने भएकाले किसानको खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ ।
मार्सीधान जुम्लामा मात्र उत्पादन हुन्छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातोमार्सी धानको रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर क्षेत्रफलमा जुम्ली मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।
गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्ममा जिल्ला बाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री गरी रु तीन करोड ५० लाख आम्दानी भएको उनले जानकारी दिए ।
परम्परागत रूपमा खेती गरिँदै आइएको जुम्ली मार्सीधान उत्पादनमा प्रविधिको उपयोगिता बढाउनसके उपलब्धिमूलक हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गरे । उनका अनुसार रोगकीराको सङ्क्रमण रोक्न कृषि अनुसन्धान केन्द्रले चन्दननाथ-१ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउनका लागि सिफारिस गरेको छ ।
विभिन्न अध्ययन, अनुसन्धान गरी मार्सी-१८, २० र २२ जातका धान सिफारिस गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । योसँगै उत्पादनमा वृद्धि गर्ने योजनासहित केन्द्र लागिपरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण