‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी स्थिरताको पक्षमा रहेको बताएका छन् ।
- पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेलाई सञ्चारकर्मीले प्रधानमन्त्री बन्ने हल्लाबारे प्रश्न गरेका थिए ।
- उनले नेपाली जनताले स्थिरताका लागि मतदान गरेकाले आफूहरू उक्त सहमतिमा अडिग रहेको बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्थिरताको पक्षमा रहेको बताएका छन् ।
भारतको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘भारत भ्रमणमा गएसँगै तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नि ? भन्दै प्रश्न गरेका थिए ।
सञ्चारकर्मीको प्रश्नमा सभापति लामिछाने भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एक पटक पढ्न आग्रह गर्न चाहन्छु ।’
सभापति लामिछानेले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए ।
उनले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौँ । हामी स्थिरताको पक्षमा छौँ । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीले बोलेर र लेखेर गरेको बाचाप्रति अडिग छौँ,अडिग रहिरन्छौँ।’
सभापति लामिछानेले अरूले के धारणा बनाए भन्ने पक्षमा आफू नरहेको समेत बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण