जेनजी प्रदर्शनपछि विद्रोहको प्रचारबारे सेनाको जवाफ : हामी एकढिक्का छौँ
काठमाडौँ । जेनजी विद्रोहपछि नेपाल सेनाभित्र दुई वटा धार देखिएको भन्ने प्रचारबारे सेनाले जवाफ दिएको छ ।
शुक्रबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै सेनाको युद्धकार्य विभाग प्रमुख उपरथी अजुप जंग थापाले सेना एकढिक्का रहेको बताए ।
जेनजी विद्रोहपछि अन्तरिम सरकार बन्नुअघिको अवस्थामा माओवादीबाट समायोजन भएर आएका सेनाले गणतन्त्रको विरुद्धमा गए विद्रोह गर्ने चेतावनी दिएको भन्ने प्रचारबारे उपरथी थापाले भने, ‘सेना एकढिक्का छ ।’
नेपाली सेना राष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै भदौ २३ र २४ को प्रदर्शनपछि जेनजी अगुवाहरूसँग ‘अपरिहार्य’ सम्झेर छलफल गरिएको उपरथी थापाले बताए । उनले भने, ‘स्थिति थप जोखिम हुन नदिन छलफल अपरिहार्य थियो ।’
जेनजी विद्रोहपछि मेडागास्करमा सैनिक कु भएको तर्फ सङ्केत गर्दै उपरथी थापाले प्रश्न गरे, ‘अन्य मोडल अनुसार अघि बढेको भए के हुन्थ्यो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण