चीनमा नेपाली दूतावासले मनायो वेलनेस दिवस
काठमाडौँ। चीनमा रहेको नेपाली दूतावासले सोमबार ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ मनाएको छ।
नेपाललाई विश्वकै एक प्रमुख स्वस्थ जीवनशैली र कल्याण गन्तव्य देशको रूपमा स्थापित गर्ने र सामूहिक स्वास्थ्यका बारेमा सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले मानव जीवनको रक्षा, स्वास्थ्य क्षेत्रको आर्थिक भार कम गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न वेलनेसको ठुलो महत्त्व रहेको बताएकी थिइन् ।
नेपालले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ का रूपमा मनाउन लागेको जानकारी गराउँदै उनले नेपालको प्राकृतिक सुन्दरता, प्राचीन परम्परा र योग–ध्यानका सुविधाहरूको लाभ लिन सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो दिइन्।
कार्यक्रमका चिनियाँ विदेश मन्त्रालयका वाङ सिनले नेपालको प्राकृतिक सम्पदा र सांस्कृतिक गौरवको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले हिमालय पार वेलनेस पर्यटन कोरिडोर निर्माणमा नेपालसँग काम गर्न चीन इच्छुक रहेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण