शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘छ माया छपक्कै २’ काे शुभ मुर्हुत

सोमबार, १४ वैशाख २०८३, १२ : ३०
सोमबार, १४ वैशाख २०८३

सारांश

  • फिल्म ‘छ माया छपक्कै २’को शुभ मुर्हुत भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा गरिएको छ ।
  • दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको मुख्य अभिनय रहनेछ ।
  • आगामी दसैँबाट रिलिज हुने फिल्मको छायाङ्कन नुवाकोट, पोखरा र काठमाडौँमा हुनेछ ।

काठमाडौँ । फिल्म ‘छ माया छपक्कै २’को शुभ मुर्हुत गरिएको छ । सोमबार (आज) बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा कलाकार तथा निर्माण पक्षको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मको छायाङ्कन भने ३ दिनपछि नुवाकोटबाट सुरु निर्माण युनिटले जनाएको छ ।

नेपालको फिल्म निर्माणमा सबैभन्दा सफल मानिएको दीपक–दीपा समूहको निर्माण रहेको यो फिल्म दीपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् । दीपकराज गिरी र केकी अधिकारीको मुख्य भूमिका रहने फिल्ममा अभिनेत्री सनिशा भट्टराईको पनि अभिनय रहनेछ ।

दीपक–दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले यस फिल्मको निर्माण गर्दैछन् । यी दुवैको सहकार्यमा यसअघि सन् २०१९ मा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ बनेको थियो ।

नुवाकोटसहित पोखरा र काठमाडौँमा समेत फिल्मको छायाङ्कन हुनेछ । फिल्म रिलिज भने आगामी दसैँबाट हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप